मड्रिड । मड्रिडस्थित नेपाली दूतावास स्पेनले सेवा दिन सुरु गरेको छ । नेपाली दूतावास स्पेनले कार्यालय स्थापना गरी विहीवारदेखि पासपोर्ट बनाउने लगायत सबै सेवा दिन सुरु गरेको हो ।
मड्रिडमा नेपाली दूतावासले आफ्ना कर्मचारी बाहेक कागज विहीन अवैध रही पासपोर्ट बनाउन आएकी पहिलो महिला झरना थापा मगरलाई रिवन काट्न लगाई सेवा सुचारु गरिको हो ।
नेपाली दूतावास स्पेनबाट अबदेखि राहदानी बनाउन, नवीकरण, कागजात प्रमाणीकरण, एनआरएन परिचयपत्र, विदेशीलाई भिसा लगायतका सम्पूर्ण सेवा उपलब्ध हुनेछ ।
स्पेनका लागि नेपाली राजदूत भरतबहादुर रायमाझीले कार्यालय स्थापना गरी सेवा सुरु गरेकोमा खुशी व्यक्त गरेका छन् ।















प्रतिक्रिया