२२ कार्तिक २०८३, आइतबार

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, २१ वैशाख । मेची राजमार्गअन्तर्गत झापाको बुद्धशान्ति गाउँपालिका–४ वर्ने सडकखण्डमा शुक्रबार भएको मोटरसाइकल दुर्घटनामा परी एक व्यक्तिको मृत्यु भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक राजेश राईका अनुसार सोही गाउँपालिका–४ निवासी २५ वर्षीय अमृत मगर रहेका छन् । बुधबारेबाट घर जाने क्रममा उनी चडेको मे ८ प ५५६१ नंको मोटरसाइकल अनियन्त्रित भई नालीमा खस्दा गम्भीर घाइते भएका थिए ।

घाइते मगरलाई बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका लागि ल्याइए पनि उनको उपचारकै क्रममा दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ । –रासस