भरतपुुर, २१ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वका धेरै स्थानमा आँपको उत्पादन नहुने भन्दै ति देशमा नेपालको आँप निर्यात गर्न सकिने बताएका छन् । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको पहिलो दिक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रम ओलीले यस्तो बताएका हुन् ।
प्रम ओलीले भने, ‘अमेरिका, युरोप, रसियालगायत धेरै देशहरुमा आँपको उप्पादन हुँदैन । तिनिहरुलाई नेपालको आँप चखाउनुपर्छ । एकचोटी चाखेपछि पल्किन्छन् ।’ उनले नेपालमा कृषिको निकै सम्भावना रहेको समेत बताए । कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अध्ययन गरेका विद्यार्थीहरुले कृषिमा धेरै अनुसन्धान गर्न आवश्यक रहेको उनले बताए ।
नेपालमा धेरै स्रोत साधनहरु भएपनि यसले सदुपयोग नहुँदा पछि परेको प्रम ओलीले बताए । ‘नेपालमा त झार पलाएपनि यार्सागुम्बा भएर निस्किन्छ’ प्रम ओलीले भने, ‘यति धेरै सम्भावना भएको देशमा अब युवाहरुले केही गर्नुपर्छ ।’















प्रतिक्रिया