२२ कार्तिक २०८३, आइतबार

फोरमको केन्द्रीय समितिको बैठकमा सांगठनिक प्रतिवेदन पारित

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं २१, वैशाख । संघीय समाजवादी फोरम नेपालको केन्द्रीय समितिको छैठौ बैठक आज तेस्रो दिन पनि जारी छ । दुई दिनको लागि आह्वान गरिएको बैठकमा समय अभावले केन्द्रीय सदस्यहरुले बोल्ने क्रम नसकिएपछि एकदिनलाई केन्द्रीय समितिको बैठक लम्बिएको हो ।

पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा काठमाडौंको शान्तिनगरस्थित ओम् शान्ति पाटी प्यालेसमा बुधबारदेखि सुरु भएको केन्द्रीय बैठकमा आज सांगठनिक प्रतिवेदन छलफलपछि पारित भएको छ ।

पार्टी महासचिव रामसहाय प्रसाद यादवले प्रस्तुत गरेको पार्टीको सांगठनिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले विचार राखेका थिए । यसअघि पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले प्रस्ततु गरेको राजनीतिक प्रतिवेदन छलफलपछि पारित भइसकेको छ । बैठक आज सम्पन्न हुने फोरमले जनाएको छ ।

तीनवटै तहको चुनाव सम्पन्न भए यता नौ महिनापछि पहिलो पटक आह्वान गरिएको केन्द्रीय समितिको पूर्ण बैठकले पार्टीको भावी रणनीति र कार्यदिशा तय गर्ने बताइएको छ । चुनावको समिक्षा गर्दै बैठकले आगामी दिनमा पार्टीलाई कसरी चुस्त, दुरुस्त, प्रभावकारी र सांगठनिक ढंगले बलियो बनाउनेमा मुख्यतः केन्द्रीत रहेको छ ।

बैठकको पहिलो दिनदेखि नै संविधान संशोधनको बारेमा ठोस ढंगले टुंगो नलागेसम्म सरकारमा सहभागी नहुने कुरा जोडदार उठेको छ । बैठकको उद्घाटन सत्रमै पार्टी अध्यक्ष यादवले संविधान संशोधन र सरकारमा सहभागी हुने वा नहुने बिषयमा प्रष्ट पारिसकेका छन् ।