१ कार्तिक २०८३, आइतबार

तीन सय शिक्षकसँग नक्कली प्रमाणपत्र, नौ शिक्षकले दिए राजीनामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिरहा, १३ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सक्कली शैक्षिक प्रमाणपत्र बुझाउन निर्देशन दिएपछि सिरहा जिल्लामा कार्यरत शिक्षकहरुले धमाधम राजीनामा बुझाउन थालेका छन् ।

जिल्ला शिक्षा कार्यालय सिरहाका अनुसार हालसम्म जिल्लाका नौ शिक्षकले राजीनामा बुझाएका छन् । जिशिअ ओमबहादुर कटुवालका अनुसार राजीनामा दिनेहरुमा एकजना पिसिएफ, दुईजना स्थायी दरबन्दी र छजना राहत शिक्षक रहेका छन् ।

राजीनामा दिने शिक्षकहरुले बिरामी र घरायसी समस्या देखाएर अवकाश मागेको शिक्षा अधिकारी कटुवालले जानकारी दिनुभयो । उहाँले हालसम्म नौ शिक्षकले राजीनामा दिएको र केही शिक्षकले हुलाकमार्फत राजीनामा पठाएको जानकारीमा आएकाले राजीनामा दिने शिक्षकको सङ्ख्या बढ्ने उहाँको भनाइ छ ।

‘विभिन्न राजनीतिक पार्टीको पकडमा नरहेका शिक्षकले अख्तियारको डरले राजीनामा बुझाएका छन्,’  शिक्षा कार्यालयका एक कर्मचारीले भने – ‘तर राजनीतिक दलसँग पकड भएका शिक्षकले अझै राजीनामा बुझाएका छैनन् ।’ ती कर्मचारीका अनुसार सिरहामा झन्डै ३०० शिक्षकसँग नक्कली प्रमाणपत्र रहेको अनुमान छ ।