२२ कार्तिक २०८३, आइतबार

काठमाडौँमा अवैध घरेलु मदिरा नष्ट

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २० बैशाख । काठमाडौंका विभिन्न स्थानवाट वैशाख १ देखि हालसम्म महानगरीय प्रहरी परिसर काठमाडौं तथा मातहत वृत्त, प्रभागहरुवाट वरामद भएको अवैध घरेलु मदिरा नष्ट गरिएको छ ।

साथै मदिरा उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ बिहीबार महानगरीय प्रहरी परिसर काठमाडौंको हाताभित्र खाल्डो खनी नष्ट गरिएको छ ।

अवैध घरेलु मदिरा सेवन अपराधको कारण भएकोले घरेलु मदिरा नियन्त्रण गर्न लागू गरिएको विशेष अभियान अन्तर्गत वौद्द, कपन, वसपार्क, कालीमाटी, स्वयम्भु, कोटेश्वर, वालाजु, टोखा लगायतका स्थानबाट वरामद भएको घरेलु मदिरा करिब २५ हजार लिटर र कच्चा पदार्थ ४ हजार किलोग्राम नष्ट गरिएको परिसरले जनाएको छ ।