काठमाडौँ, २० बैशाख । माछापुच्छ्रे बैंकले आकर्षक सुविधासहितको ‘एमबिएल स्मार्ट बचत खाता’ संचालनमा ल्याएको छ । सो खातामा न्युनतम रु ५,००० बचत गरी ६.०० प्रतिशत ब्याज प्राप्त गर्न सकिने बैंकले बताएको छ ।
उक्त खातामार्फत ग्राहकले विभिन्न स्मार्ट सुविधाहरु निःशुल्क प्राप्त गर्दै आइरहेको बैंकले जनाएको छ । स्मार्ट सुविधा अन्तर्गत ग्राहकहरुले ईन्टरनेट बैकिङ सुविधा, एमबिएल मोबाइल मनी, डेबिट कार्ड, क्रेडिट कार्ड, डिम्याट खाता, मेरो शेयर सुविधा, सि–आश्वा सुविधा, अन्तरशाखा कारोबार सुविधा निःशुल्क तथा लकर सुविधामा समेत ५० प्रतिशत छुट प्राप्त गरिरहेको बैंकले जानकारी दियो ।
उक्त खाता थप आर्कषक बनाउन बैंकले स्वास्थ र दुर्घटना बिमाको सुविधा समेत प्रदान गर्ने भएको छ, जसमा ग्राहकले रु पाँच लाख सम्मको दुर्घटना बिमा, रु १ लाख सम्मको अस्पताल भर्ना खर्च र रु ५ हजार सम्मको औषधि खर्च निःशुल्क प्राप्त गर्न सक्ने जनाएको छ ।
बैंक नै नगई इलेक्ट्रोनिक माध्यमबाटै बैंक खाता सञ्चालन गर्न ग्राहकवर्गलाई प्रोत्साहित गर्ने उद्देष्यले बैंकले स्मार्ट बचत खाता सञ्चालनमा ल्याएको बताएको छ । बैंकले देशभर ६४ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत १९ शाखा रहित बैंकिङ सेवा समेत गरी जम्मा ८५ स्थानबाट सम्पूर्ण बैंकिङ सुविधा प्रदान गरिरहेको छ ।















प्रतिक्रिया