
काठमाडौं । अभिनेत्री निशा अधिकारीको पहिलो सन्तान हुने ‘मिति’ नजिकिएको छ । अहिले उनी अमेरिकामा पहिलो सन्तानलाई जन्म दिने तयारीमा छिन् । पति क्रिकेटर शरद भेष्वाकर उनको रखेदेखका लागि सँगै छन् ।
गर्भवती भएको ३८ हप्ता ५ औं दिनमा सामाजिक सञ्जाल इन्टाग्राममा उनले पहिलो सन्तानका लागि अब केही समय मात्र बाँकी रहेको जानकारी दिएकी छन् ।
उनले लेखेकी छन्,‘हामी दुवै जना सन्तान हुने दिनको तयारीमा छौं ।’ उनले शरदले जिम्मेबार भएर आफ्नो र पेटमा भएको सन्तानको हेरचाह गरेको उल्लेख गर्दै लेखेकी छन्,‘मैले यति सक्षम र जिम्मेबार पति छन् भन्ने सोचेको थिइन ।’
उनले आफ्ना पिता, भाई र पतिले पहिलो सन्तानको जन्म स्मरणीय बनाएको उल्लेख गरेकी छन् । उनले बच्चा जन्माउनु महिलाको काम मात्र नभएर यो ‘टिमवर्क’ पनि भनेकी छन् ।















प्रतिक्रिया