३० आश्विन २०८३, शुक्रबार

भारतमा धुले आँधीका कारण ७६ जनाको मृत्यु

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २० बैशाख । भारतको उत्तरी क्षेत्रमा धुले आँधीका कारण कम्तिमा ७६ जनाको मृत्यु भएको छ । राजस्थान तथा उत्तर प्रदेशमा बुधबार राति आएको धुले आँधी तथा वर्षाका कारण धेरैको मृत्यु भएको हो ।

धुले आँधीका कारण १५० जनाको हाराहारीमा घाइते भएका छन् । आँधीका कारण धेरै घरमा क्षति भएको छ । राति मानिस सुतिरहेका बेला आँधी आएकाले धेरैको ज्यान गएको हो ।

धुले आँधीका कारण राजस्थानका अल्वार, भरतपुर र ढोलपुर बढी प्रभावित भएका छन् । तीन जिल्लामा कम्तिमा ३१ जनाको ज्यान गएको छ ।

अहिले उद्धार तथा राहतको काम भइरहेको स्थानीय अधिकारीले बताएका छन् । आँधीका कारण बढी प्रभावित भएका जिल्लामा स्कुल तथा अरु केही सरकारी कार्यालय बन्द गरिएको छ ।

आँधीका कारण विद्युत सेवा अवरुद्ध भएको र मर्मतको प्रयास भइरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । राजस्थानी मुख्यमन्त्री वसुन्धरा राजेले प्रभावित क्षेत्रमा राहतको काम भइरहेको जनाएका बताएकी छन् ।

यस्तै उत्तर प्रदेशमा ४५ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा आग्रा जिल्लाका ३६ जना रहेका छन् । ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्ने सरकारी अधिकारीले बताए ।