२२ कार्तिक २०८३, आइतबार

विवादित विषय टुङ्ग्याउन मस्यौदा समितिको बैठक बस्दै

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २० बैशाख । फौजदारी अभियोगमा पक्राउ परेका सांसद निलम्बन हुने वा नहुने भन्नेमा विवाद देखिएपछि संघीय संसद नियमावली मस्यौदा समितिको बैठक बस्दै छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बैठक दिउँसो २ बजे र राष्ट्रियसभाको बैठक ३ बजे बस्ने बोलाइएको छ ।

नियमावलीको आजै टुंगो लगाउने गरी सभामुख कृष्णबहादुर महराले केहीबेरपछि सर्वदलीय बैठक समेत बोलाएका छन् । सत्तारुढ दलहरु फौजदारी अभियोगमा परेका सांसद स्वतः निलम्बन हुने यसअघिकै व्यवस्थाले निरन्तरता पाउनुपर्ने अडानमा छन् भने प्रतिपक्षी कांग्रेसले अभियोग प्रमाणित नहुँदै निलम्बनको प्रावधान राख्न नहुने बताउँदै आएको छ । स्वतः निलम्बन हुने व्यवस्था गरिए सांसदहरुलाई फसाउन दुरुपयोग हुनसक्ने कांग्रेसको तर्क छ ।

राष्ट्रिय जनता पार्टी राजपा र संघीय समाजवादी फोरम पनि कांग्रेसकै पक्षमा छन् । कांग्रेसले संसदीय समिति संख्या समेत घटाउन माग गर्दै आएको छ । सत्तारुढ दलले भागवण्डा मिलाउन समिति संख्या बढाएर १० पु¥याएको काँग्रेसको आरोप छ । उसले बढीमा ७ वटा समिति हुनुपर्ने बताएको छ ।