३१ आश्विन २०८३, शनिबार

पोर्चुगलमा नवलपुर समाज गठन

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– भरत प्रधान

लिस्बन । नवलपुर जिल्लाबाट पोर्चुगल आई बिभिन्न पेशा र ब्यबसायमा सम्लग्न रहेका नवलपुरबासीहरूको एक भेलाले नवलपुर समाज पोर्चुगल गठन गरेको छ ।

राजधानी लिस्बनस्थित मनशान्तो पार्कमा मंगलबार सम्पन्न भएको भेलाले जयभद्र सापकोटाको अध्यक्षतामा ११ सदस्ययी कार्यसमिति सर्वसम्मत चयन गरेको हो । नवगठित समाजको उपाध्यक्षमा बिष्णु सापकोटा, सचिवमा सुजन अधिकारी र कोषाध्यक्षमा अनिता सुवेदी चयन भएका छन् ।

समाजको सदस्यहरुमा यमनाथ सुवेदी, अर्जुन सापकोटा, बलराम मल्ल, क्षेत्र जि.सी. र अमृत रिजाल रहेका छन् । भेलाले समाजको सल्लाहकारहरुमा शुशिल शर्मा गैह्रे, तिलक गैह्रै, बसन्तराज अधिकारी र देबेन्द्र पुनलाई सर्वसम्मत चयन गरेको छ ।

पोर्चुगलमा रहेका नवलपुरेहरु गोलबन्दीत भई भावनात्मक एकता कायम गर्ने र नवलपुरको शिक्षा ,स्वास्थय, सामाजिक, परोपकारी एवं जिल्लाको समग्र बिकासमा सहयोग गर्ने उद्धेश्यले समाजको गठन गरिएको अध्यक्ष जयभद्र सापकोटाले बताए ।

समाजले पोर्चुगलमा रहेका नवलपुरेहरुको तथ्याँक संंकलन गर्ने, आर्थिक कोष निर्माण गर्ने र बार्षिक कार्ययोजना बनाएर अगाडी बढ्ने जनाएको छ । यस्तै पोर्चुगलमा रहेका नेपाली संघ संस्थाहरु संग समाजले आपसी सहकार्य गर्दै सामाजिक कार्यहरु गर्ने सापकोटको भनाई छ ।

साबिकको नवलपरासी जिल्लाबाट टुक्राएर बर्दघात–सुस्ता पूर्वलाई नवलपुर जिल्लाका रुपमा सरकारले नयां जिल्ला घोषणा गरेपछि प्रवासमा रहेका नवलपुरबासीहरु एकत्रित भएका हुन् ।