२२ कार्तिक २०८३, आइतबार

रक्षामन्त्रीसँग थाइल्याण्डका आर्म्ड फोर्सका प्रमुखद्वारा भेट

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० वैशाख । नेपाल भ्रमणमा रहेका थाइल्याण्डको रोयल थाई आर्म्ड फोर्सका प्रमुख तन्चाइयान सिसुवानले बुधवार रक्षामन्त्री ईश्वर पोखरेलसँग शिष्टाचार भेट गरेका छन् ।

रक्षा मन्त्रायलमा भएको भेटमा दुई देशबीचको सम्वन्ध र सेनाहरुवीचको सम्वन्धलाई थप मजवुद बनाउनेबारेमा छलफल भएको छ ।

५७ वर्षदेखिको दुई देशवीचको औपचारिक सम्वन्धलाई मजवुद बनाउन सदिऔँदेखि नै बुद्ध धर्मले पुलको काम गरिरहेको बताउँदै रक्षामन्त्री पोखरेलले भूकम्पपछि उद्धारको काममा प्राप्त भएको सहयोगको प्रसंसा गरे ।

संयुक्त सैन्य तालिम लगायतका आदान प्रदानका कार्यक्रमलाई अझ प्रभावकारी र व्यवस्थित बनाउने बारेमा पनि छलफल भएको थियो ।