१३ कार्तिक २०८३, शुक्रबार

देउवाको सरकारलाई निरंकुसको शासनको उपमा

868
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० वैशाख । नेपाली कांग्रेस केन्द्रीय कार्य समिति बैठकले राजा ज्ञानेन्द्रले २०५९ सालपछि निरंकुस शासन प्रणाली लागू गरेको निष्कर्ष निकालेको छ ।

चैत ९ देखि बैशाख १५ गतेसम्म चलेको कांग्रेस केन्द्रीय कार्य समिति बैठकको निर्णय नम्वर एकमा माओवादी विद्रोहको बहानामा तत्कालीन राजा ज्ञानेन्द्र शाहले जननिर्वाचित प्रधानमन्त्री देउवालाई अपदस्त गरी निरंकुस साशन प्रणाली लागू गरेको बताइएको छ । यूनाइटेड पोष्ट साप्ताहिलके समाचार छापेको छ ।

सो निर्णयमा राजा ज्ञानेन्द्रको माघ १९ को घटनाप्रति कुनै प्रतिक्रिया नदिए पनि देउवालाई सरकारबाट हटाएपछि निरंकुस शासन प्रणाली लागू गरेको भनिएको छ ।

देउवालाई २०५९ साल असोज १८ गते प्रधानमन्त्री पदबाट असक्षम भन्दै हटाएका थिए । तर देउवा २०६१ सालको शुरुमा पुनः ज्ञानेन्द्रबाट प्रधानमन्त्रीमा नियुक्त भएका थिए । एमालेका नेताहरु समेत प्रतिगमन आधा सच्चियो भन्दै सरकारमा सहभागी भएका थिए ।

तर, देउवा आफै प्रधानमन्त्री भएको सरकारको समयलाई निरंकुस शासन प्रणाली लागू भइसक्यो भनेर आफैले सभापतित्व गरेको केन्द्रीय कार्य समिति बैठकले यस्तो निर्णय गरेको हो । भरत साह, मानबहादुर विश्वकर्मा जस्ता नेतालाई अवसर नदिए देउवा गुटलाई छोड्ने भएका छन् ।

देउवालाई १३ औं महाधिवेशनमा सहयोग गरेका अर्जुननरसिंह केसी, कुलबहादुर गुरुङ, चन्द्र भण्डारीले देउवालाई यसअघि नैं छोडिसकेका छन् ।

कर्मचारी यूनियन, शिक्षक संगठन आदिमा नराम्रोसँग पराजय बेहोरेको देउवा गुटले आगाम िमहिना हुने टेड युनियन कांग्रेसको निर्वाचनमा समेत पराजय हुने निश्चित भएको छ ।

भातृ तथा शुभेच्छुक संस्थामा आफ्नो गुटलाई जिताउन जति पनि पैशा खर्च गर्न पछि नपर्ने भन्दै देउवाले यतिवेला बिनोद चौधरी र उमेश श्रेष्ठलाई खर्चको व्यवस्था गर्न निर्देशन दिएका छन् ।

यसअघि देउवाले शिक्षक संघमा पनि यसरी नैं केन्द्रीय सदस्यहरुको खल्ती भरेर पठाएका थिए । उनका गुटका नेता सौराहाको रेष्टुरेण्ट ढलेपछि पौडेल र सिटौल गुटले देउवा गुटलाई बढारेको थियो ।