
काठमाडौँ, १९ बैशाख । फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोनले बोलेको एउटा शब्दले अहिले उनको आलोचना भइरहेको छ । उनी अहिले राजकीय भ्रमणको सिलसिलामा अष्ट्रेलियामा छन् ।
म्याक्रोनले आफ्नो भ्रमणका बेला गरिएको न्यानो स्वागतका लागि अष्ट्रेलियाली प्रधानमन्त्री माल्कोम टर्नबुल र उनकी पत्नीलाई हृदयदेखि नै धन्यवाद दिए । तर सो क्रममा अंग्रेजीको एक शब्दले म्याक्रोनलाई धोका दिएको छ ।
म्याक्रोनले टर्नबुल र उनकी पत्नी लुसीलाई धन्यवाद दिँदै भने, ‘स्वागतका लागि तपाइँ र तपाइँकी ‘स्वादिष्ट’ पत्नीलाई धन्यवाद !’ यहाँ म्याक्रोनले ‘डेलिसियस’ शब्दको प्रयोग गरेका थिए।
यही शब्दले गर्दा सामाजिक सञ्जालमा त्यो भ्रमणका ठूला विषय ओझेलमा परे । म्याक्रोनले किन त्यो शब्दको प्रयोग गरे त? वास्तवमा फ्रान्सेली भाषामा ‘डेलिसियस’ शब्दको अर्थ ‘डिलाइटफुल’ हुने बताइन्छ । त्यसैले म्याक्रोन झुक्किएको अनुमान गरिएको छ ।
अहिले यो विषय सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ छ । –एजेन्सी















प्रतिक्रिया