२२ कार्तिक २०८३, आइतबार

सप्तरीमा एक पुरुषको बेवारिसे शव फेला

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राजविराज, १९ बैशाख । सप्तरी रुपनी गाउँपालिका–६ स्थित खाँडो पुल नजिक बुधबार एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

नाम, थर खुल्न नसकेका करीब ३३ वर्षीय पुरुष मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय, रुपनीले जनाएको छ ।

शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको छ भने घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ । –रासस