१ कार्तिक २०८३, आइतबार

बुधबारदेखि आइएमईको नयाँ सेवा शुरु

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १९ बैशाख । आइएमई लिमिटेडले आइएमई कस्टमर÷प्रिभिलेज कार्डवाहक सेवाग्राहीहरुलाई विभिन्न किनमेल केन्द्रहरू र रेस्टुरेन्टहरूमा ७ देखि २० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ । यो नयाँ व्यवस्था बुधबारबाट लागू भएको छ ।

बाजेको सेकुवा, चन्द्रागिरि हिल्स लिमिटेड, काठमाडौं फनभ्याली, रिभर बे रिसोर्ट, सीएम ट्रेडिंग, केक कोसेली, डल्ले, ह्विपील्यान्ड, कफीलाउन्ज, एचएफसी, भ्यू सिनेमा, रेडमड क्याफे, युजीबजार, भेलोसिटी एरिना र सीमीशो जस्ता स्थानहरुबाट हाललाई यो सेवा उपलब्ध हुनेछ ।

सेवा लिनको लागि सेवाग्राहीहरुले बील जारी गर्नुपूर्व आफूले बोकेको आइएमई प्रिभिलेज÷कस्टमर कार्ड देखाउनुपर्ने छ । आइएमई सेवाग्राहीहरूलाई सुविधा प्रदान गर्ने कार्यमा सहयोग गरेका सम्पूर्ण व्यवसायीक साझेदारहरुलाई आइएमई लिमिटेडले धन्यवाद दिएको छ ।

आफ्नो स्थापना देखि नै रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्‍याउन प्रतिवद्ध कम्पनीले सेवा शुभारम्भको १७औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामीण क्षेत्रलाई समेट्ने गरी १ सय ६० आइएमई सेन्टरसहित ७५ जिल्लाका ७ हजार १ सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत ्विदेशमा कार्यरत नेपालीहरुले दुःख गरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षिततवरबाट वितरण गर्दै आईरहेको छ ।