
कपिलवस्तु, १९ बैशाख । कपिलवस्तुको कृष्णनगर नगरपालिकाले गरिरहेको विकासे कामको अनुगमन गरिएको छ ।
नगरपालिकाको योजना अनुसार विकाका काम भइरहेको र सम्पन्न भएका सडक, नाली लगायत कामको मेयर रजत प्रताप शाहसहित पत्रकारको टोलीले अनुगमन गरेको हो ।
जसमा कृष्णनगर नगरपालिका वडा ३ को चयपुरा हुदै वसन्तपुर रोड एक हजार ७० मिटरको कालोपत्रे निमार्ण सम्पन्न भइसकेको पाइएको छ । कालोपत्रेको लागि नगरपालिकाले ७० लाख विनियोजन गरेको नगरप्रमुख शाहले वताए । त्यस्तै कृष्णनगर नगरपालिका ११ पटना गाउँभित्र १५० मिटर पिपिसी सडक निर्माणाधिन अवस्थामा रहेको छ ।
नगप्रमख शाहले निमार्ण कार्यलाई सम्पन्न गर्न वडा अध्यक्ष र उपभोक्ता समितिलाई आग्रह गरे । त्यस्तै वसन्तपुरमा रहेको १४५ मिटर पिपिसी सडक, शिवानगरमा रहेको २ सय मिटर पिपिसी कार्य सम्पन्न भएको छ ।
त्यस्तै नारायण्डिहवा, पल्टामाई मन्दिर नजिक सडक कालोपत्रे सम्पन्न भएको पाइएको छ ।












प्रतिक्रिया