१ कार्तिक २०८३, आइतबार

गैँडाको आक्रमणबाट नाथुरामको मृत्यु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gaida1chatwanचितवन, १३ पुस । मेघौली–५ बस्ने ६४ वर्षीय नाथुराम चौधरीको गैँडाको आक्रमणबाट शनिबार राति मृत्यु भएको छ ।

गैँडाको आक्रमणबाट गम्भीर घाइते चौधरीको भरतपुर अस्पतालमा उपचारका क्रममा गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

सदाबहार सामुदायिक वनका सदस्य चौधरीलाई शनिबार वन निरीक्षण गर्न जाने क्रममा गैँडाले आक्रमण गर्दा उनको खुट्टा, छाती र टाउकामा गम्भीर चोट लागेको थियो ।