५ कार्तिक २०८३, बिहिबार

सुन तस्करीका ६२ अभियुक्तविरूद्ध मुद्दा दर्ता हुँदै, को–को परे ? (नामावलीसहित)

2.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ वैशाख । विमानस्थलबाटै तस्करीको साढे ३३ किलो सुन गायब बनाएको अभियोगमा उच्च प्रहरी अधिकारीसहित ६२ जनाविरूद्ध जिल्ला अदालत मोरङमा बुधबार मुद्दा दर्ता हुँदैछ ।

तस्करी र त्यसका भरिया उर्लाबारीका सनम शाक्य हत्या आरोपमा पक्राउ परेका २८ सहित ६२ जनाविरुद्ध मुद्दा दर्ता हुन लागेको हो ।

पक्राउ पर्नेहरूलाई अपहरण, कर्तव्य ज्यान र संगठित अपराधमा मुद्दाको अभियोगपत्र तयार पारिएको छ । मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’सहित फरार अन्य ३४ जना विरुद्ध पनि मुद्दा दर्ताको तयारी भएको छ ।

उप्रेतीलाई हत्या तथा अन्य पक्राउ परेका २८ लाई विभिन्न अभियोगमा फरक–फरक मुद्दा लगाइने छ ।

गरी ६ प्रहरी अधिकारी, तीन व्यापारी, सनम शाक्य हत्यामा जोडिएका ६ प्रतिवादी र विमानस्थलमा कार्यरत १३ प्रतिवादीविरुद्ध मुद्दा दर्ता गराउन लागिएको हो ।

को–को परे ?
पूर्वडीआईजी गोविन्द निरौला, एसपी विकासराज खनाल, डीएसपी प्रजित केसी, डिएसपी सञ्जय राउत, सई बालकृष्ण सन्जेल, जवान विष्णुबहादुर खड्का, विमानस्थलका कर्मचारीहरू लालबहादुर मगर, हेमन्त गौचन, वीरेन्द्रमान श्रेष्ठ, सम्बिर तोलाङ्गे, बालकृष्ण श्रेष्ठ, दोरम खत्री, कपिलराज पुरी, गोपाल श्रेष्ठ, पुण्य लामा, राजन थापा, राजु महर्जन, अमर डंगोल, तुलाराम थारूविरुद्ध संगठित अपराधमा मुद्दा दर्ता गरिने तयारी भइरहेको छ ।व्यापारीहरु महावीर गोल्यान, राजेन्द्रमान शाक्य र राप्रपा नेता भुजुङ गुरुङलाई पनि संगठित अपराधमा मुद्दा दर्ताको तयारी भएको छ । मोहन कार्की, एकराज मल्ल, नरेन्द्र कार्की, लाक्पा शेर्पा, मोहन घिमिरेलाई सनम हत्याका प्रतिवादी बनाइएको छ ।