१ कार्तिक २०८३, आइतबार

मंसिर महिनामा मात्रै दश जना महिलाको हत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Hattya-1काठमाडौँ, १३ पुस । मंसिर महिनामा दश किशोरी तथा महिलाको हत्या भएको एक अध्ययनले देखाएको छ ।

सञ्चारिका समूह नेपालले गत मङ्सिर १ गतेदेखि २९ गतेसम्म १४ राष्ट्रिय दैनिक पत्रिकामा गरेको सञ्चार अनुगमनबाट ६२ यस्ता समाचार सामग्री प्रकाशन भएको देखिएको हो ।

महिलामाथि हुने हिंसालाई १३ शीर्षकमा अनुगमन गरिएको अनुगमन संयोजक रामशरण सेढाईंले बताउनुभयो । तीमध्ये बलात्कार, यौन दुव्र्यवहार, घरेलु हिंसा, दाइजो, मानव बेचबिखन, हत्या, बहुविवाह, बोक्सीप्रथा, परम्परागत तथा धार्मिक हिंसा, आर्थिक, स्वास्थ्यसम्बन्धी, राजनीतिक र अन्य शीर्षक छन् ।

समाचारमा १६ बलात्कारको घटनामा ६८  समाचार सामग्री प्रकाशन गरिएको थियो । गत महिनामा १४ दैनिक पत्रिकामा महिला बेचबिखनका १० घटनाका ५७ सामग्री प्रकाशन भएका थिए । महिलाकोे स्वास्थ्यअधिकारको हनन् भएका विषयका ४२ समाचार, विचार तथा सम्पादकीय प्रकाशन भएका थिए ।

परम्परागत र धार्मिक हिंसाका ५० समाचार, विचार तथा सम्पादकीय छापिएकामा पाँच घटना थिए भने १२  यौन दुव्र्यवहारका घटनाका ३८समाचार सामग्री प्रकाशित थिए ।

सोही अध्ययनले महिलामाथि हुने घरेलु हिंसासँग सम्बन्धित दुई घटनाबारे ११  समाचार, विचार तथा सम्पादकीय छापिएको देखाएकोे छ । त्यस्तै बहुविवाहका १० समाचार, विचार तथा सम्पादकीय छापिएकामा चार घटना प्रकाशित थिए ।