काठमाडौं । पोखराको वडा नं. ५ मा ७० वर्ष काटेका करिब २०० भन्दा बढी जेष्ठ नागरिकहरू छन् । हाँस्यकलाकार मनोज गजुरेल आउने खबरले सबै उत्साही थिए ।
निर्धारित समयभन्दा करिब आधा घण्टापछि मनोज गजुरेल आए । सबै आमाबुबाहरुरूले अब हाँस्न पाइने भयो भनेर सोँचे । तर, मनोजले उल्टै रुवाए ।
सधै अरुलाई हसाउने मनोजले ७० वर्षका जेष्ठ नागरिकहरूलाई आफ्नै अतित्का पीडा सम्झाएर रुवाए ।
सानोमा बाबु बितेपछि आमाले दुःख गरेर हुर्काएको र पढ्न जाँदा चार माना चामल तामाङलाई बेचेर खाजा खाने खर्च जुटाएको पीडा सुनाउँदा सबैका आखाबाट आँशु आएका थिए ।
मनोजले आफ्नो पत्नीसंग डिभोर्सको प्रसंग ल्याउँदै त्यस्तो पीडामा पनि आफूले सहेर बसको बताए । उनले स्वर्ग र नर्कको कथा सुनाएर जेष्ठ नागरिकहरूलाई मनोरञ्जन समेत प्रदान गरे ।
https://www.youtube.com/watch?v=w71RH55Kr1I















प्रतिक्रिया