२२ कार्तिक २०८३, आइतबार

अपाङ्गता भएकालाई बाख्रा वितरण

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


तलसीपुर, वैशाख १८ । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ४ ले अपाङ्ग लक्षित कार्यक्रम अन्तर्गत बाख्रा वितरण गरेको छ ।

अपाङ्गहरुलाई आयआर्जनका लागि भनेर वडाले बाख्रा वितरण गरेको वडाध्यक्ष वालकृष्ण रानाले वताए । उनले अपाङ्गता भएका ३४ जनालाई बाख्रा वितरण गरिएको पनि जानकारी दिए । वडाध्यक्ष रानाले अपाङ्ग परिचय पत्र भएकालाई वितरण गरिएको र नपुगेको ठाउँमा अहिलेका बाख्रावाट आएका पाठा वितरण गरिने पनि जानकारी दिए ।

‘हामीले सबैलाई वितरण गर्ने प्रयास गरिहेका छौ विस्तारै वितरण गर्दै जानेछौ ’ उनले भने । व्यावसायिक रुपमा वाख्रापालनका लागि २ दिने तालिम पश्चात बाख्रा वितरण गरिएको पनि उनले वताए ।

बाख्रा वितरण कार्यक्रमका प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले विपन्न वर्गलाई लक्षित गरेर आधुनिक र उन्नत जातका बोका समेत उपलब्ध गराइने बताए ।

उनले निर्वाचनमा गरेको प्रतिवद्धता अनुसार आफूले काम गरिरहेको बताउदै गरिब र विपन्न वर्गका लागि सुरक्षित आवास कार्यक्रम अन्तर्गत जस्तापाता वितरण गरिरहेको पनि बताए ।