१ कार्तिक २०८३, आइतबार

बन्द फिर्ता लिन व्यवसायीको दबाब, प्रचण्ड सकारात्मक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prachanda-int

काठमाडौँ, १२ पुस । निजी क्षेत्रका व्यवसायीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले बन्द तथा हडतालको कार्यक्रम फिर्ता लिन एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दबाब दिएको छ ।

महासंघका अध्यक्ष प्रदीपजंग पाण्डे नेतृत्वको टोलीले शनिबार बिहान एमाओवादी अध्यक्ष प्रचण्डलाई भेटी मुलुकमा क्रमशः लगानीको वातावरण बन्दै गएको सन्दर्भमा बन्द, हडताललगायतका क्रियाकलाप नगर्न ध्यानाकर्षण गरेको हो ।

जबाफमा एमाओवादी अध्यक्ष दाहालले महासंघको आग्रहलाई मनन गर्दै घोषित बन्द हडतालका कार्यक्रमबारे ३० दलसँग छलफल गरी निर्णय लिने बताउनुभएको थियो । भेटका क्रममा समझदारी र सहमतिमा समयमै संविधान निर्माण गरी लगानीमैत्री वातावरण सिर्जना गर्न आफूहरूले आग्रह गरेको महासंघका अध्यक्ष पाण्डेले संचारकर्मीहरुले जानकारी दिनुभयो ।

अध्यक्ष पाण्डेले भन्नुभयो, “बन्द हडतालको संस्कृति अब हराइसकेको छ । बन्द हडताल छोडेर विकास निर्माणमा लाग्ने र बाहिरको लगानी प्रचुर मात्रामा आइरहेको अवस्थामा यसले असर गर्ने भएकाले बन्द हडताल नहोस् र लगानीमैत्री वातावरण बनोस् भन्ने उद्देश्यले भेट गरेका हौँ यसमा एमाओवादी अध्यक्ष दाहाल सकारात्मक देखिनुभएको छ ।”