५ कार्तिक २०८३, बिहिबार

‘फानकान’मा मानन्धरको नेतृत्वमा नयाँ कार्यसमिति

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ वैशाख । फुड, आयुर्वेद, न्युडसिटिकल, कस्मेटिकल एसोसिएसन अफ नेपाल (‘फानकान’)ले सुरेन्द्र मानन्धरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

काठमाडौंमा सोमबार र मंगलबार दुई दिन भएको प्रथम अधिवेशनले मानन्धरको अध्यक्षतामा ११ सदस्सीय नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपाधयक्षमा मुकुन्द राजभण्डारी र महासचिवमा शम्भु यादव चयन भएका छन् । सह–महासचिवमा लक्ष्मीकान्त पाण्डे, कोषाध्यक्षमा प्रदीप महतो, सह–कोषाध्यक्षमा आनन्द श्रेष्ठ चयन भएका छन् ।

एसोसिएसनको सदस्यहरूमा विजय उपाध्याय, रविन्द्र श्रेष्ठ, प्रतिमा श्रेष्ठ र रामदीन साह तेलीलाई छनौट गरिएको छ ।

फुड, आयुर्वेद, न्यूडसिटिकल, कस्मेटिकलका सामान आयात गर्ने व्यापारीहरूको यो संगठन सन् २०१५ मा स्थापना भएको हो ।

नयाँ कार्यसमिति घोषणा गर्न आयोजित कार्यक्रममा अध्यक्ष सुरेन्द्र मानन्धरले व्यवसायीलाई औषधि व्यवस्था विभागले अन्याय गरेको गुनासो गरे ।

उनले राज्यले व्यवसायीहरूलाई गर्ने व्यवहारबाट आफूहरूलाई ठूलो धक्का लागेकाले व्यवसाय सुरक्षित गर्ने संठित भएको बताए ।