२२ कार्तिक २०८३, आइतबार

ट्रकमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राजविराज, १८ वैशाख । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिका-३ मा ट्रकमा मोटरसाइकल ठोक्किँदा आज एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीयवासी मोटरसाइकल चालक २५ वर्षीय मनोज चौधरी रहेको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स २ प ५७८६ नं को मोटरसाइकल सडकमा रहेको ट्रकमा ठोक्किएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो । –रासस