२ कार्तिक २०८३, सोमबार

इंग्लिश प्रिमियरमा टोटनह्याम २–० ले विजयी

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, १८ वैशाख । इंग्लिश प्रिमियर लिग फुटबलमा सोमबार राति टोटनह्यामले जित हासिल गरेको छ । घरेलु मैदानमा टोटनह्यामले वाट्फोर्डलाई २ – ० ले हराएको हो ।

यो सिजन प्रिमियर लिगको शीर्ष चार भित्र रहने लक्ष्यमा रहेको टोटनह्यामको लागि डेली अली र ह्यारी केनले समान एक एक गोल गरे । वाट्फोर्डलाई पराजित गर्न टोटनह्यामले दुवै हाफमा एक एक गोल गरेको थियो ।

वेम्बलीमा खेलको १६ औं मिनेटमा अलीले गोल गर्दै टोटनह्यामलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा १ – ० ले अघि रहेको टोटनह्यामको लागि दोस्रो हाफको सुरुमै केनले गोल गर्दै घरेलु टोलीलाई सहज जित दिलाए ।

यो सिजन गोल्डेन बुटको दाबेदार केनले खेलको ४८ औं मिनेटमा गोल गरेका थिए । जारी सिजन केनको यो २७ औं प्रिमियर लिग गोल हो । केन यो सिजन सर्वाधिक गोलकर्ताको सूचीमा दोस्रो स्थानमा रहेका छन् । केनभन्दा अघि लिभरपुलका मोहमद सलाहले ३१ गोल गरेका छन् ।

यो जितसँगै टोटनह्यामको प्रिमियर लिगको शीर्ष चारभित्र अटाउने सम्भावना बलियो बनेको छ । प्रिमियर लिगको शीर्ष चारमा रहने टोलीले अर्को सिजन च्याम्पियन्स लिगमा सहभागिता जनाउने छन् । जितपछि चौथो स्थानमा रहेको टोटनह्यामले ३५ खेलबाट ७१ अंक जोडेको छ ।

टोटनह्याम शीर्ष स्थानको म्यानचेस्टर सिटिभन्दा २२ अंकले पछि रहदा दोस्रो स्थानको म्यानचेस्टर युनाइटेड भन्दा ६ अंकले पछि रहेको छ ।

टोटनह्याम तेस्रो स्थानको लिभरपुल भन्दा १ अंकले पछि छ । च्याम्पियन बनिसकेको सिटीको ९३, युनाइटेडको ७७ अंक रहदा लिभरपुलको ७२ अंक रहेको छ । पराजित वाट्फोर्ड ३८ अंक जोडेर १३ औं स्थानमा छ । – एजेन्सी