गोरखा, १७ बैशाख । गोरखाको मनकामना मन्दिरमा सुनको गजुर राखिएको छ । भूकम्पपछि पुनर्निर्माण को कार्य सुरू गरिएको मनकामना मन्दिरमा क्षमापूजा गरी साइत हेराएर सोमबार गजुर राखिएको हो ।
पुरानो मन्दिरमा राखिएको गजुरलाई ४० लाख खर्च गरी मर्मत गरिएको थियो । सरकारको चार करोड र भक्तजनको सहयोगबाट उठेको आठ करोडले मन्दिर पुनर्निर्माण भइरहेको छ । आगमी दशैँसम्म भक्तजनका लागि मन्दिर खुला गरिने बताइएको छ ।
सो मन्दिर पुरानै स्वरुपमा पुुनर्निर्माण भइरहेको छ । मन्दिर पुनर्निर्माणको काम भइरहँदा छेवैमा रहेको टहरोबाट पूजाआजा हुँदै आएको छ । मन्दिर पुनर्निर्माणमा करिब १२ करोड खर्च लाग्ने बताइएको छ ।












प्रतिक्रिया