२२ कार्तिक २०८३, आइतबार

पथलैयामा एमालेको एक दिने अन्तरक्रिया

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


बारा, १७ बैशाख । नेकपा एमाले बाराको आयोजनामा बारा जिल्लाको विकास र समृद्धिका लागि एक दिने अन्तरक्रियात्मक छलफल कार्यक्रम पथलैयामा भएका छ । एमाले प्रदेश संगठन कमिटीले गठन गरेको कार्यदल र जिल्ला स्तरीय अगुवा कार्यकर्ताकोबीचमा अन्तरक्रियात्मक छलफलको आयोजना गरिएका हो ।

कार्यक्रममा बारा जिल्लामा सञ्चालनमा रहेका राष्ट्रियय गौरवका आयोजनाहरु (काठमाडौँ जोडने द्रुत मार्ग, दोस्रो अन्तराष्ट्रिय बिमानस्थल, बिशेष आर्थिक क्षेत्र–सेज) समयमा सम्पन्न हुनु पर्नेमा जोड दिइएको थियो । यसका साथै बारा जिल्ला कृषि, पर्यटनका हिसाबले अत्यन्तै सम्भावना रहेको निष्र्कष निकाल्दै तरकारी, माछा र उखु जोन घोषणा गर्न माग गरिएको छ ।

बारा जिल्लाको दक्षिणी क्षेत्रका जनताको लाइफ लाइनको रुपमा रहेको कलैया बन्कुल गण्डक सडक निर्माणका लागि यसै बर्षबाट बजेट विनियोजन गरी निर्माण कार्य सुरु गर्न र जिल्लाको सडक सञ्जाल विस्तार गर्न माग गरिएको छ । त्यसका साथै जिल्लाको स्वास्थ्य र शिक्षाको अवस्था कमजोर रहेकोले सुधार गर्नु पर्ने निष्र्कष निकालेको एमाले बाराका प्रचार विभाग प्रमुख मनोज पौडेलले जानकारी दिए ।

जिल्ला कमिटीका अध्यक्ष सुन्दर विकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य एवम कार्यदल संयोजक बंशीधर मिश्र, केन्द्रिय सदस्य सुमन प्याकुरेल, बलबिर चौधरी, पूर्वमन्त्री पुरुषोत्तम पौडेल लगायतले जिल्लाको चौतर्फि विकासमा सबैको साझा पहल हुन आवश्यक रहेको बताए ।

नेकपा एमालले प्रदेश नम्बर २ लाई सम्बृद्ध र सबल बनाउनका लागि ८ ओटै जिल्लामा रहेका समस्या र गर्नुपर्ने कामको छनौट गर्न बंशीधर मिश्रको संयोजकत्वमा कार्यदल गठन गरेको हो ।