३० आश्विन २०८३, शुक्रबार

महिलालाई बलात्कारबाट बचाउन गुडिरहेको रेलबाट हाम फाले यी रेलवे अफिसर

3.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चेन्नई, १७ बैशाख । महिलालाई बलात्कार हुनबाट बचाउन गुडिरहेको रेलबाट हाम फालेका एक ट्रान्जिट सेक्युरिटी अफिसरलाई भारतमा हिरोको संज्ञा दिइएको छ ।

गत हप्ता सोमबार राति चेन्नईको चिन्ताड्रिपेट स्टेशनमा रोकिने वालाको रेलमा रहेका रेलवे सुरक्षा बलका अधिकृत के. सिवाजीले अचानक महिला कराएको आवाज एउटा कारबाट आएको सुने । त्यसपछि तत्कालै सिवाजी एक्सनमा उत्रिए । उनले रेलको गतिलाई केही कम हुन दिए र पूर्ण रुपमा रेल रोकिन नपाउँदै उनी रेलबाट हाम फालेर स्टेशन नजिक रहेका हरेक कारमा सम्भावित पीडितलाई खोजी गर्न थाले ।

रिपोर्टका अनुुसार त्यहाँ उनले एक २६ वर्षीय पुरुषले एक महिलालाई बलात्कार गर्न लागेको भेट्याए जो चिच्याएको आवाज उनले सुुनेका थिए । उनले महिलालाई बलात्कार हुनबाट जोगाउन ति पुरुषलाई धक्का दिए ।

तुरुन्तै सिवाजीका टोली घटनास्थलमा आइपुग्यो र स्थितिलाई नियन्त्रणमा लिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । त्यतिबेला ति महिला बेहोस भएकी थिइन् । कपडा च्यातिएको तथा ओठबाट रगत आएको अवस्थामा पाइएकी ति महिलाई उनीहरुले तुुरुन्त अस्पताल पु¥याएका थिए । तब डाक्टरले उनको अवस्था सामान्य रहेको बताए ।