४ कार्तिक २०८३, बुधबार

जब सुपरस्टार सलमान खानको गालामा सञ्जय दत्तको थप्पड पर्‍यो …

9.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । सञ्जय दत्तको जीवनमा आधारित (बायोपिक) ‘सञ्जू’को ट्रेलर रिलिज भएलगत्तै चलचित्रमा रणबीर कपूरको अभिनयको निकै तारीफ गरिएको छ । राजकुमार हिरानीको यो चलचित्रमार्फत सञ्जय दत्तको जिन्दगीसँग जोडिएका विभिन्न गोप्य कुुराहरु खुल्ने बताइएको छ । चलचित्रको ट्रेलरको एक सिनमा सलमान खान र सञ्जय दत्तको बिचमा हात हालाहाल भएको देखाइएको छ ।

दर्शकहरुका माझ यो सिनले सनसनी फैलाउने छ जब उनीहरुले आफ्नो असल मित्र सलमानलाई सञ्जयले किन थप्पड हाने भनेर । चलचित्रमा सलमानको भुमिकामा जिम सरभ देखिएका छन् । चलचित्र ‘नीरजा’ र ‘पद्मावत’मा जिम सरभको अभिनय निकै रुचाइएको थियो । चलचित्र ‘सञ्जूू’ यो वर्षको सबैभन्दा हिट चलचित्र हुुने धेरैले आकलन गरेका छन् । यदि सलमान र सञ्जयको मित्रताको करा गर्ने हो भने उनीहरु निकै पुराना साथी हुन् ।

सञ्जय दत्तको बायोपिक चलचित्र ‘सञ्जू’को पोष्टर ।

यी दुईबीचको सम्बन्धमा त्यो बेला चिसोपना छिर्‍यो जब सञ्जय आफ्नो पाँच वर्षको कैद सजाय भोगेर बाहिर आएका थिए । एक भारतिय अनलाइन समाचार माध्यमका अनुसार सन् २०१४ मा सलमानले सञ्जयलाई आफ्नो म्यानेजरको रुपमा रेशमा शेट्टीलाई नियुक्त गर्न सल्लाह दिएका थिए ।

जब सञ्जयले रेशमालाई म्यानेजरको रुपमा नियुक्त गरे तब उनलाई चलचित्रको राम्रो अफर आउन छोड्यो । समाचारहरुका अनुसार सञ्जयको टीमले उनको पारिश्रमिक बढाइदिएका थिए । त्यसकारण पनि निर्देशकहरु उनलाई चलचित्रमा लिन आनाकानी गरिरहेका थिए । सञ्जयलाई यो कुरा थाहा भएपछि उनले रेशमासँगको कन्ट्रयाक्ट अन्त्य गरे ।

सो समय रेशमा सलमानको पनि म्यानेजर थिइन् । सलमानले यो खवर सुनेपछि उनलाई नराम्रो लाग्यो र त्यहीँबाट नै सलमान र सञ्जयको सम्बन्ध चिसिएको थियो । सलमान र सञ्जयबीच बोलचाल नै बन्द भएको समाचार बाहिरिएको थियो । त्यसै समय एक पार्टीमा दुईजनाबीच हात हालाहाल भएको थियो ।