२२ कार्तिक २०८३, आइतबार

जनमोर्चाले पनि गर्‍यो मोदीको नेपाल भ्रमणको विरोध

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १७ बैशाख । राष्ट्रिय जनमोर्चाले पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणको विरोध गरेको छ । सोमबार एक विज्ञप्ती निकाल्दै जनमोर्चाले मोदीले नेपालप्रति अपनाएका नीति र व्यवहार नेपालको राष्ट्रिय हित, सम्मान र सार्वभौमसत्ताका विरुद्ध भएकाले उनको भ्रमण नेपालको पक्षमा नहुने भन्दै विरोध गरेको हो ।

संविधान निर्माणको कालमा मोदी सरकारले भारतीय विस्तारवादी नीति अनुसार नेपालमा संघीय व्यवस्था लाद्न, आत् निर्णयको अधिकार सहितको संघीय व्यवस्था निर्माण गर्न, नेपाललाई बहुराष्ट्रिय वा द्विराष्ट्रिय देश घोषणा गर्न, त्यस आधारमा सम्पूर्ण तराई क्षेत्रको एक प्रदेश निर्माण गर्न, त्यसको लागि मधेशका मुठ्ठीभर विखण्डनकारीहरुलाई अघि सारेर अराजक र विखण्डनकारी गतिविधि संचालन गरेको जनमोर्चाको आरोप छ ।

नेपालमा मोदीले चाहेजस्तो संविधान नबनेपछि उनले नेपालका विरुद्ध नाकाबन्दी लगाएको जनमोर्चाको ठहर छ । ‘त्यतिबेलाको नाकाबन्दी कुनै दुश्मनको व्यवहार भन्दा कम थिएन । त्यो अत्यन्त निर्मम र अमानवीय थियो । त्यतिमात्र होइन, नेपाली जनताले प्रथम पटक आफैले निर्माण गरेको संविधानका विरुद्ध उनले अन्तर्राष्ट्रिय अभियान चलाए’, विज्ञप्तीमा भनिएको छ, ‘उनको सरकारका ती नीति र व्यवहारलाई तात्कालिक नेपाल सरकार र नेपाली जनताले धैर्य र साहासका साथ सामना गरे । उनलाई नेपालमा स्वागत गर्नु राष्ट्रिय हित, स्वाभिमान र सम्मानका विरुद्ध हुन्छ ।’

मोदीले नेपालको संविधान जारी भएपछि संविधान नेपालको हित विपरित र राष्ट्रिय विखण्डन गर्ने प्रकारले संशोधन गराउन प्रयत्न गर्दै आएको उसको आरोप छ ।