
काठमाडौँ । सामान्य बस चालकका छोरा बेलायतको गृहमन्त्री बनेका छन् ।
अम्बेर रुडले राजीनामा दिएपछि प्रधानमन्त्री टरिजा मेले गृहमन्त्री पदमा साजिद जाविदलाई नियुक्त गरेकी छन् । बेलायती महारानीले उनको नियुक्ति सदर गरेकी छन् ।
जाविदको परिवार १९६० को दशकमा पाकिस्तानबाट बेलायत प्रवेश गरेका थिए । उनका पिता बस चालक थिए । जाविद हाल समुदाय, स्थानीय सरकार तथा आवास मन्त्रीका रुपमा कार्यरत थिए ।
त्यसअघि उनी दोइचा बैंकका प्रबन्ध निर्देशक थिए ।















प्रतिक्रिया