सन्दिप भट्ट
काउले (चितवन), १२ पुस । शुक्रबार करिब दुई घण्टाको बाटो छिचोलेर चितवनको विकट पहाडी गाविस काउले–२ डिलाङकी सर्किनीमाया चेपाई काउले गाविसमा आईन् ।
त्यसरी दुई घण्टाको बाटो छिचोलेर आउँदा पनि सर्किनीमायाको मुहारमा भने कुनै थकान देखिदैनथ्यो । त्यसो त उनी मुहारमा मुस्कान छर्दै गाविससम्म आउनुको रहस्यको पन्तुरो खोल्दै थिइन् । उनी गाविसमा चिउरा र दालमोठ बाड्ने सुचनाको आधारमा आएकी थिइन् ।
गाविसमा स्वास्थ्य शिविर सञ्चालन भइरहेको थियो । तर, सर्किनीमायाको ध्यान भने चिउरा र दालमोठको व्यग्रप्रतिक्षमा थियो । सर्किनीमाया मात्र होइन चितवनको विकट गाउँबाट सर्किनीमाया जस्तै थुप्रै वासिन्दा शुक्रबार गाविसमा चिउरा र दालमोठ खाने योजना बनाएर आएका थिए ।
तर, त्यहाँ चिउरा र दालमोठसँगै स्वास्थ्य शिविर पनि सञ्चालन भएको देखेपछि काउलेका वासिन्दाहरुले आफुहरुलाई चिउरा र दालमोठ खुवाउने भनेर स्वास्थ्य परिक्षणका लागि बोलाएको भन्ने लख काटिहाले ।
त्यहाँसम्म आइसकेपछि उनीहरु स्वास्थ्य जाँच नगरि फर्किने कुरै भएन् । उनीहरु सबैले आ–आफ्नो स्वास्थ्य परीक्षण गरे । यस्तो कार्यक्रमको आयोजना नेपाल निजामती कर्मचारी युनियन, नेपाल स्वास्थ्यकर्मी संघ, नेपाल चिकित्सक संघ र रोटरी क्लप अफ नारायणी मिट टाउनले संयुत्त रुपमा गरेको थियो । शिविरमा चितवनको सदरमुकाम भरतपुरबाट आएको डाक्टरसहितको विशेषज्ञ टोली स्वास्थ्य जाँच गरेको थियो ।
शिविरमा सर्किनीमाया जस्तै अधिंकाश चेपा«· तथा मगरहरुले चिउरा र दालमोठ खाएर स्वास्थ परीक्षण गरे । निशुल्क स्वास्थ्य शिविरवाट ४ सयभन्दा बढीले स्वास्थ्य सेवा लिए । शिविरमा उपचारका लागि ३ घण्टा लगाएर विरामीहरु स्वाथ्य सेवा लिन आएका थिए ।
विशेषज्ञ चिकित्सक सहितको टोली विकट पहाडी गाविश हात्तीवामा पुगि स्वास्थ्य शिविरमा सहभागी भएका हुन् । शिविरमा नाक, कान, घाटी, दाँत, आखाँ, महिला तथा प्रसुती लगाएतका छुट्टाछुट्टै रोगमा भिन्नभिन्न डक्टरहरुले सेवा दिएका थिए ।
कार्यक्रममा नाक कान घाटी रोगको कन्सलटेण्ड डा अनिल विक्रम कार्की, स्त्री रोग विशेषज्ञ डा विजय चन्द्र आचार्य, डा श्री प्रसाद अधिकारी, फिजिसीयन डा गौरीराम महतो, हाडजोर्नी विशेषज्ञ प्रकाश कडेल, दन्त रोग विशेषज्ञ डा आशिष भट्टराई, डा पदम नेपाली, जयराम जोशी तथा अप्टोमेट्रीक डा गोपाल भण्डारी लगाएतले विरामीको उपचारमा सहजकिरण गरेका थिए ।
शिविरमा १ सय १७ जनाको आखाँ परिक्षण गरेका थिए । ती मध्ये १७ जनामा मोतीया विन्दुको समस्या देखीएको भरतपुर आखाँ अस्पतालकी सहायक व्यावस्थापक छाया श्रेष्ठले जानकारी दिइन् । शिविरका लागि मौलाकालीका अस्पताल, भरतपुर आखाँ अस्पताल, चितवन हिमाल डेण्टल अस्पताल, चितवन युवा समाज लगाएतको सहयोग रहेको थियो । कार्यक्रममका ३ लाख बराबरको औषधि वितरण गरिएको थियो ।















प्रतिक्रिया