१ कार्तिक २०८३, आइतबार

संविधान वाइवल, गिता वा कुरान होइनः विश्वकान्त मैनाली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bishwakanta-mainaliकाठमाडौँ, १२ पुस ।  नेपाल बार एशोसियशनका पूर्वअध्यक्ष विश्वकान्त मैनालीले नेपालमा जातीय संघीयता घातक हुने दाबी गर्नु भएको छ ।

उहाँले नेपालमा संघीयताको बहस केही राजनीतिक दलको निहित स्वार्थ र अन्तराष्ट्रिय शक्तिको प्रलोभनमा आएको भन्दै त्यसले देशको हित नगर्ने दाबी गर्नु भएको हो ।

‘अन्तराष्ट्रिय शक्तिको आवाज बोकेर हिड्नेहरुले जातीय संघीयताको कुरा गरिरहेका छन्,’ उहाँले दैनिक नेपालसँग भन्नुभयो, ‘नेपालका राजनीतिक दलका नेताहरु आँटिलो र दुरदर्शी नभएकाले विदेशी शक्तिको नेपालमा खुलमखुला घुसपैठ भैरहेको छ ।’

उहाँले विदेशी शक्तिको घुसपैठको अन्त्य गर्न नेपालमा देशभक्त नेताको आवश्यक भएको चर्चा गर्नुभयो । विदेशी शक्तिको घुसपैठमा चल्ने नेताहरुको बाहुल्यता नेपालमा भयो भने नेपालको भविष्य अन्धकारमय हुनेसमेत उहाँले दाबी गर्नुभयो ।

तीन चार जना नेताहरुले अध्यारो कोठमा बसेर गरेको छलफलबाट आएको संविधानसमेत जनहितमा नहुने तर्क गर्नुभयो । नेपालका राजनीतिक दलहरुले अहिले लोकतन्त्रको समेत उपहास गरिरहेको उहाँले आरोपसमेत लगाउनुभयो ।

उहाँले नेपालको राजनीतिक संस्कार हुकुमी खालको भएकाले समस्या भएको समेत दाबी गर्नुभयो ।

‘सामन्तवादको प्रतिकको रुपमा रहेको राजतन्त्रलाई हामीले मुलुकबाट विदा गरिसक्यौँ ।  हुकुमी राणा शासनलाई पनि हामीले अन्त्य ग¥र्यौ,’उहाँले भन्नुभयो, ‘हामीले सामन्ती र हुकुमी संस्थाहरु विस्थापित गरे पनि नेपाली जनतामा रहेको सामन्ती र नेताहरुमा रहेको हुकुमी शासनको भने अन्त्य गर्न सकेनौँ ।  लोकतन्त्रका लागि सबै भन्दा ठूलो शत्रु अहिले यही देखियो ।’

त्यसैगरी उहाँले आमसहमतिमा संविधान जारी गर्ने संभावना नरहेको भन्दै जतिमा सहमति हुन्छ त्यतिलाई अगाडि बढाउँदै संविधान जारी गर्न नेताहरुलाई सुझाव दिनुभयो ।

‘मिलेका कुराहरुलाई सहमति र नमिलेका कुरालाई दुइतिहाइबाट जारी गरेर अघि बढ्नुपर्छ,’ उहाँले भन्नुभयोु’ यो नै विश्वको लोकतान्त्रिक विधि हो ।’

उहाँले संविधान वाइवल, गिता वा कुरान नभएको भन्दै त्यसलाई आवश्यकता अनुसार थपघटन गर्न सकिने बताउनुभयो ।