५ कार्तिक २०८३, बिहिबार

एनआईसी एशिया बैंकको कीर्तिपुरमा शाखारहित बैंकिङ सेवा

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १६ बैशाख । एनआईसी एशिया बैंक लिमिटेडले छैठो शाखारहित बैंकिङ सेवा कीर्तिपुर नगरपालिकाको भत्केपाटीबाट संचालनमा ल्याएको छ ।

शाखारहित बैंकिङ सेवाको उद्घाटन कीर्तिपुर नगरपालिकाका, मेयर रमेश महर्जनले गरे । उक्त शाखारहित बैंकिङ सेवा संचालनको लागि बैंकले प्रतिनिधिको रुपमा गोविन्द अधिकारीलाई नियुक्त गरेको छ ।

शाखारहित बैंकिङ सेवाबाट मुलुकका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिको मार्फतबाट बैंकिङ सेवा लिन सक्नेछन् । साथै सो सेवाबाट बैंकिङ कारोबारको लागि स्थानीय बासिन्दालाई लामो दुरी सम्म हिड्नु पर्ने बाध्यताको अन्त्य तथा ग्रामिण र दुर्गम क्षेत्रहरुमा बैंकिङ बानीको विकास हुने विश्वास बैंकले लिएको छ ।

यस्तो सेवाबाट स्थानीय बासिन्दाले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोवाईल रिचार्ज गर्न, उपयोगी सेवा (जस्तैः टेलिफोन, मोबाईल, एडिएसएल, डिस होम) महशुल भुक्तानी गर्ने, स्वीकृत सिमा भित्र रहि कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा व्याज भुक्तानी गर्न सक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सकिनेछन् ।