उदयपुर, १२ पुस । नेकपा एमालेका सचिव योगेश भट्टराईले एमाओवादीको लिडे ढिपिका कारण संविधान निर्माण प्रकृयामा अवरोध भएको आरोप लगाउनु भएको छ ।
नेकपा एमाले क्षेत्र नंं–२ उदयपुरको अगुवा कार्यकर्तालाई प्रशिक्षण दिन उदयपुर पुग्नु भएका भट्टराईले यस्तो आरोप लगाउनु भएको हो ।
उहाँले एमाओवादीको वखेडाले संविधान जारी गर्न केही ढिला भए पनि पुरै अवरोध नहुने ठोकुवा समेत गर्नुृभयो ।
उहाँले पहिलो संविधानसभा एमाओवादीकै कारण विघटन भएको भन्दै त्यस्तो इतिहास अब नदोहोरिने ठोकुवा गर्नुभयो ।
उनले काँग्रेस र एमाले गाढीको ड्राइभर भएको भन्दै प्रचण्डलाई यात्रामा सँगै जान आग्रह गर्नुभयो । होइन म जान्न भन्नुहुन्छ भने ड्राइभरको काम सुरक्षित तरिकाले यात्रुलाई गन्तव्यमा पु¥याउँने काम हो ।
त्यो हुन्छ, नजाने यात्र छुट्छन् । उहाँले एमाओवादीको गलत विचारका कारण मुलुक २०औँं वर्ष पछाडि धकेलिएको स्मरण गर्दै माओवादी हिंसाकै कारण विदेशी लगानी समेत नेपाल भित्रिन नसकेको तितो यथार्थ पोख्नुभयो ।
देशलाई टुक्राउने, द्वन्द निम्त्याउनेलाई जनताले ठेगान लगाउने पनि दाबी गर्नुभयो ।















प्रतिक्रिया