५ कार्तिक २०८३, बिहिबार

एनसीसी बैंकद्वारा बेनीमा शाखा स्थापना

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ बैशाख । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि. (एनसीसी बैंक) ले म्याग्दी जिल्ला, बेनी नगरपालिका, वडा नं. ७ मा शाखा कार्यालय स्थापना गरेको छ ।

उक्त शाखाको उद्घाटन गर्दै एनसीसी बैंक संचालक समितिका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले यस शाखा मार्फत बैंकिङ सेवा विस्तार गरी यस क्षेत्रको आर्थिक प्रगतिको लागि बैंक सहायक हुने बताए ।

साथै बैंकको शाखा स्थापनापश्चात यस क्षेत्रका बासिन्दा, पेशा, व्यवसायी आदिलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्न तत्पर रहेको र यस क्षेत्रका जनताको समेत पूर्ण सहयोग रहने कुरामा आफू विश्वस्त रहेको बताए ।

एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले बैंकको शाखाले गुणस्तरीय र उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धताका व्यक्त गरे ।

एनसीसी बैंकको पछिल्लो वित्तीय विवरण अनुसार बैंकले यस आर्थिक वर्षको तेश्रो त्रैमासिकसम्ममा रु. ५९.१ अर्ब निक्षेप संकलन गरी रु. ५२.१२ अर्ब कर्जा प्रवाह गरेको जनाएको छ ।

साथै सोही अवधिमा बैंकको खूद नाफा रु. ५४.३१ करोड रहेको छ । गत आर्थिक वर्षको यसै अवधिको खूद नाफा रु. १६.७६ करोडमात्र रहेको थियो ।