२२ कार्तिक २०८३, आइतबार

चट्याङले लागेर एकै घरका तीनजना घाइते

756
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–बेलिना थापा
लमजुङ, १६ बैशाख । आइतबार विहान चट्याङले लागेर एकै घरका ३ जना घाइते भएका छन् । बेँसीशहर नगरपालिका–३ गाउँशहरका ३४ बर्षीय रामकृष्ण विकको घरमा चट्याङ लागेर उनीसहित श्रीमती र छोरा घाइते भएका हुन् ।

चट्याङले लागेर उनलाई सामान्य चोट लागेको छ । उनकी २२ बर्षीया श्रीमती सृजना विकको दायाँ कान र खुट्टामा चोट लागेको छ भने ४ बर्षीय छोरा निकेस पनि सामान्य घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुलाई उपचारको लागि जिल्ला सामुदायिक अस्पताल बेँसीशहरमा ल्याइएको इस्पेक्टर बुद्धिसागर पुरीले जानकारी दिए ।