काठमाडौँ, १६ बैशाख । जनता बैंकले नेप्लीज पार्किन्सन डिजीज एसोशिएसनलाई व्यायाम मेसिन हस्तान्तरण गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत पार्किन्सन रोगीहरुलाई परामर्श तथा उपचारमा सहयोग पुर्याउने उद्देश्यले स्थापना गरिएको एसोशिएसनलाईं बिरामीहरुको व्यायाम सुविधाको लागि उक्त मेशिन हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।
बैंकका सहायक महाप्रबन्धक तथा काठमाडौँ क्षेत्रीय प्रमुख कल्याण पाँडेले एसोशिएसनका अध्यक्ष रत्न राजेश्वरी थापालाई उक्त मेशिन हस्तान्तरण गरेका थिए । मेशिन हस्तान्तरणको अवसरमा संस्थाका महासचिव मुनाल सुवेदीले पार्किन्सन रोगीहरु पनि समाजका अंग भएकाले उनीहरुलाई उचित परामर्श दिन सकेमा उनीहरुले पनि समाजको लागि कार्य गर्न सक्ने बताए ।
स्वास्थ्य, शिक्षा, मानवीय सेवाका अतिरिक्त वातावरण संरक्षण तथा सरसफाईको क्षेत्रमा समेत संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत कार्य गर्ने बैंकको नीति अनुरुप यस आर्थिक वर्षमा सामाजिक उत्तर दायित्वका अन्य कार्यहरु पनि गर्दै जाने योजना रहेको बैंकले जनाएको छ ।















प्रतिक्रिया