१ कार्तिक २०८३, आइतबार

चोरी काण्डमा सई मुछिएपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepalpolice_902412077बुटबल, १२ पुस । सर्व साधारण नागरिकको सुरक्षाका लागि खटिएका प्रहरी नै चोरी गर्न थालेपछि जनता थप मार्कामा परेका छन् ।

ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव निरीक्षक (सई) किरणबहादुर रानामगरले एक घरमा चोरी गरेपछि सर्वसाधारण प्रहरीमाथि नै सशंकित भएका छन् । उनकै सहकर्मी असई छायाँ पोखरेलले बुटवल–५ स्थित एक घरमा सई रानामगरले चोरी गरेको आरोप लगाएकी छिन् ।

अहिले छायाँ र किरण दुबै जनामाथि छानविन सुरु भएको छ ।