३१ आश्विन २०८३, शनिबार

अमेरिकामा विनोद चौधरीसँग अन्तरक्रिया

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्यूयोर्क । नेपाली जनसम्पर्क समिति, न्यूयोर्क च्यापटरको आयोजनामा नेपाली कांग्रेसका सांसद तथा अर्बपति विनोद चौधरीसँग मुलुकको आर्थिक विकासमा प्रवासबाट कसरी टेवा पुर्याउन सकिन्छ तथा मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

सांसद चौधरीले आफ्नो मन्तब्य राख्दै गत चुनावमा कांग्रेसको स्थिती र देशले हालसम्म गरेको आर्थिक विकासमा कांग्रेसको भूमिकाका विषयमा आफ्नो धारण राखेका छन् ।

नेपालीले अमेरिकामा काम गरी आर्जन गरेको रकमले देशलाई निकै काम लाग्ने विचार ब्यक्त गरे ।

सहभागीहरूले चौधरीलाई नेपाल सरकार र नेपाली कांग्रेस केन्द्रीय समितिमा जनसरोकारका विषयहरू राखिदिन आग्रह समेत गरेका छन् ।

बिष्णु सिंह, डा.तारा निरौला, प्रभात सापकोटा लगायतले कार्यक्रमको विषयवस्तुमा आधारित प्रश्नहरू राखेका थिए ।

अमेरिकी सरकारले नेपाललाई दिएको टिपिएस नवीकरण गर्ने सवालमा कांग्रेसी सांसद तथा कांग्रेसले कुनै चासो नदेखाएकाले ओली सरकार यसबारे मौन बसिदिएको भन्दै सहभागीले गुनासो गरेका थिए ।