काठमाडौं । नायक तथा ग्लोबल नेपाली फिल्म अमेरिकाका अध्यक्ष अभिनेता नवराज श्रेष्ठ अभिनित म्युजिक भिडियो ‘मेरी प्रियसीलाई’ सार्वजनिक गरिएको छ ।
शब्द तथा संगीत संगीतकार मधुकर लोहोनीको रहेको यस गीतमा गायक मनोज रार्इको स्वर रहेको छ ।
सुरेन्द्रमान सिंह र केदार उप्रेतीले संयुक्त रुपमा निर्देशन गरेको म्युजिक भिडियोलार्इ निर्देशक सुरेन्द्रमान सिंहले छायांकन गरेका छन् ।
संगीत संयोजन जीवन प्रकाश प्रधानको रहेको छ । माईनस १८ डिग्रिको चिसो मौसममा कोलोराडो शहरको विभिन्न रमणीय स्थलहरूमा छायांकन गरिएको म्युजिक भिडियोमा अभिनेता नवराज श्रेष्ठ र अभिनेत्री विनिता बरालको अभियन रहेको छ ।
अमेरिकन मोडल एलिक्स र केदार उप्रेतीको नि म्युजिक भिडियोमा अभिनय रहेको छ । चलचित्र कलाकार संघ नर्थ अमेरिका च्याप्टरका अध्यक्ष समेत रहेका श्रेष्ठ भर्सटाइल नायकको रुपमा परिचित छन् ।















प्रतिक्रिया