१ कार्तिक २०८३, आइतबार

सिन्धुलीमा बस र भ्यान जुध्दा दुई जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुली, ११ पुस । सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–७ स्थित बुकापुलनजिकै शुक्रबार भएको दुर्घटनामा दुई जनाको ज्यान गएको छ ।

बस र भ्यान जुध्दा भएको उक्त दुर्घटनामा पाँच जना घाइते भएका छन्। सिन्धुलीमाढीबाट खयरमारातर्फ जाँदै गरेको ना२ख ५८३६ नम्बरको बर र विपरीत दिशाबाट आइरहेको पिकअप भ्यान जुधेपछि दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा कमलामाई–७ का ४८ वर्षीय बुद्धिवीर माझी र अर्का एक बालक छन्। बालकको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।