१ कार्तिक २०८३, आइतबार

चामे गाउँपालिका कपको उपाधी डाँफे युवा क्लबलाई

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–बेलिना थापा
लमजुङ, १५ बैशाख । हिमाली जिल्ला मनाङको चामे गाउँपालिका १ तिमाङमा संचालन गरिएको प्रथम चामे गाउँपालिका कप खुल्ला नकआउट पुरुष फुटबल प्रतियोगिताको उपाधी डाँफे युवा क्लब ओडारले हात पारेको छ ।

शनिबार भएको फाइनल खेलमा डाँफे युवा क्लब ओडारले शून्यका विरुद्ध १ गोल गरी मनासलु युवा क्लब नाँचैलाई हराई उपाधी जितेको हो । उपाधीसँगै डाँफे युवा क्लब ओडारले २ लाख रुपैयाँ, कप, स्वर्णपदक र प्रमाणपत्र प्रदान गरिएको छ । उपविजेता मनासलु युवा क्लब नाँचैले १ लाख रुपैयाँ, कप, रजतपदक र प्रमाणपत्रमा चित्त बुझाएको छ ।

प्रतियोगिता अवधिभर मनासलु युवा क्लब नाँचैका सचिन थापामगरले सर्वाधिक ८ गोल गरे । उत्कृष्ट खेलाडीमा डाँफे युवा क्लबका बिपिन कँडेल घोषित भएका छन् । सर्वाधिक गोलकर्ता र उत्कृष्ट खेलाडीलाई ५/५ हजार रुपैयाँ, ट्रफि र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताका बिजयीहरुलाई शनिबार चामे गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर घले, उपाध्यक्ष मुनिन्द्रजङ गुरुङ र आयोजक हिमालयन युवा क्लबका अध्यक्ष मन घलेले संयुक्त रुपमा पुरस्कार प्रदान गरेका हुन् । चाँमे गाउँपालिकाको प्रायोजन र हिमालयन युवा क्लब तिमाङको आयोजनामा संचालित प्रतियोगितामा १३ टिमले भाग लिएका थिए ।