१ कार्तिक २०८३, आइतबार

संविधान निर्माण प्रक्रियामा अवरोध गर्नेलाई जनताले तह लगाउँछनः प्रधानमन्त्री

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sushil-koirala12रामसुन्दर आचार्य
काभ्रे, १० पुस । प्रधानमन्त्री सुशील कोइरालाले तोकिएकै समयमा संविधान बन्नेमा दाबी गर्नुभएको छ । शुक्रबार काभ्रेको बनेपा आइटी पार्कमा जेसिजको ४१ औ राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री कोइरालाले यस्तो बताउनुभएको हो ।

‘जुनसुकै  हालतमा पनि सबै जनताको अपेक्षा अनुसार तोकिएकै समयमा संविधान बन्छ,’ उहाँले भन्नुभयो, ‘संविधान निर्माण प्रक्रियामा कसैले अवरोध गरे उनीहरुलाई जनताले तह लगाउछन् ।’

उहाँले संविधान निर्माण र राष्ट्रिय सहमतिका लागि नेपाली काँग्रेस र नेकपा एमालेले सहकार्य गरेको भन्दै त्यसमा एमाओवादी सहित मधेशी दललाई पनि सहभागि हुन पटक–पटक आग्रह गरेको दाबी गर्नुभयो ।

प्रधानमन्त्री कोइरालाले मुलुकले ७ प्रदेश पनि थेक्न नसक्ने भन्दै बढी प्रदेश आवश्यक नभएको बताउँनुभयो । जेसिजको राष्ट्रिय सम्मेलन ३ दिनसम्म चल्ने छ ।