४ कार्तिक २०८३, बुधबार

१३ वर्षमै पहिलो किस, ४ महिना मात्रै टिकेको थियो वरुणको पहिलो प्रेम

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नायक वरुण धवन प्रमिका नताशा दलालसँग

मुुम्बई । वरुण धवनमा बलिउडका चर्चित नायक हुन् । उनी चटपटे नायकको रुपमा गनिन्छन् । ३१ वर्षको भइसकेका वरुण आफ्नो निजी जीवनलाई भने मिडियाबाट टाढा राख्ने गर्छन् ।

अधिकांश समय उनलाई प्रेमिका नताशा दलालसँग पार्टी तथा कार्यक्रमहरुमा भेट्ने गरिन्छ । तर उनी आफ्नो प्रेम सम्बन्धको बारेमा खुलेर कुुरा गर्दैनन् । हालसालै मात्र वरुणले आफ्नो प्रेम जीवनको बारेमा केही कुरा खोलेका छन् ।

एक मनोरञ्जन वेबसाइटसँगको अन्तरवार्तामा वरुणले आफ्नी प्रेमिका सामान्य जीवन बिताउन चाहेको उनले बताए । नताशाले आफ्नो बारेमा कुुनै सञ्चारमा माध्यममा समाचार नआओस् भन्ने चाहेको उनले खुुलाए । त्यसैकारण पनि वरुण र नताशाले आफ्नो प्रेमलाई सञ्चार माध्यमबाट टाढा राख्ने गरेका छन् ।

सोही अन्तर्वार्तामा वरुणले आफ्नो पहिलो चुुम्बन १३ वर्षको उमेरमा भएको बताए । तर उनले सो प्रेमिकाको बारेमा भने खलाउन चाहेनन् । उनले आफू कलेज पढ्ने समयमा एक सिरियस रिलेशनशिपमा भएपनि सो रिलेशनशिप भने ४ महिनामात्रै टिकेको उनले बताए ।