काठमाडौं, १५ वैशाख । नेपाल कराते संघका केन्द्रीय अध्यक्ष दावा गुरुङले कराते खेलका नाममा केही व्यक्तिले मान्छे बच्ने काम गरिरहेको गम्भीर आरोप लगाएका छन् ।
ललितपुरको लगनखेलमा शनिबार पूर्व अन्तर्राष्ट्रिय कराते खेलाडीको सम्मानमा आयोजित कार्यक्रममा अध्यक्ष गुरुङले भिजिलान्तेहरूले करातेका नाममा मान्छे बेच्ने काम गरिरहेको आरोप लगाएका हुन् ।
‘करातेका नाममा विशदेमा मान्छे बेच्नेहरू सक्रिय भएका छन्’, उनले भने, ‘त्यस्ता भिजिलान्तेहरूलाई तपाई–हामी सबै मिलेर निस्तेज पार्नुपर्छ ।’
व्यक्तिगत स्वार्थमा लाग्ने भिजिलान्तेहरूलाई निस्तेज पारेर कराते खेलको संरक्षण गर्नुपर्ने उनले बताए । कराते खेलका बहानामा केही अवसरवादीहरूले खेलाडीहरूको बद्नामी गरिहेको अध्यक्ष गुरुङले बताए ।
अध्यक्ष गुरुङले भिजिलान्तेहरूले विदेशमा लगेर मान्छे बेच्ने गरेको आरोप लगाएपनि ती को–को हुन् केही बताएनन् । यद्यपि, समय आयो भने त्यस्ता भिजिलान्तेहरूलाई नाङ्गे झार बनाउने चेतावनी दिए ।
कराते खेलमा सबैभन्दा धेरै खेलाडीहरू देशभरि आवद्ध रहेको अध्यक्ष गुरुङले बताए । ‘कराते खेलमा देशभरिका सबैभन्दा धेरै खेलाडी आवद्ध छन्’, उनले भने, ‘कराते खेलको संरक्षणमा सरकारले पनि विशेष ध्यान दिनुपर्छ ।’















प्रतिक्रिया