१ कार्तिक २०८३, आइतबार

घरेलु तथा साना उद्योग नै मुलुकको अर्थतन्त्रको मेरूदण्डः पूर्व प्रधानमन्त्री प्रचण्ड

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १४ बैशाख । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लघु घरेलु तथा साना उद्योग मुलुककै औद्योगिक विकासको जग र आधार भएको बताएका छन् ।

नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा शुक्रबारदेखि राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप परिसरमा शुरु भएको नेपाल १४औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०७५ को उदघाटन गर्दै उनले स्थानीय कच्चा पदार्थमा आधारित लघु, घरेलु तथा साना उद्योग नै मुलुकको अर्थतन्त्रको मेरूदण्ड भएको भन्दै यस्ता उद्योगहरूको संरक्षण र प्रवद्र्घनमा सरकार प्राथमिकताका साथ लाग्नुपर्नेमा जोड दिए ।

मुलुक राजनीतिक रुपमा स्थिरतातर्फ उन्मुख भएको र आर्थिक समृद्घिको चरणमा प्रवेश गर्न लागेको बेला नेपाल १४औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव कोशेढुङ्गा भएको प्रचण्डको भनाइ छ ।

आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्न कृषिजन्य उद्योग, घरेलु तथा साना उद्योगको संरक्षण बिना असम्भव भएको भन्दै उनले आफू सधै उद्योग व्यवसाय क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर यस्ता उद्योगीसँगको सहकार्यबाट अगाडि बढ्ने गरेको जनाए । सरकार बजेट बनाउने समयमा रहेको भन्दै उनले मुलुकभित्र उद्योग व्यवसाय फस्टाउने वातावरण बनाउन तत्काल के के गर्न सकिन्छ, लघु, घरेलु तथा साना उद्योगीहरुका कुरालाई पनि समेट्न विशेष पहल गर्ने आश्वासन दिए ।