
काठमाडौँ, १४ बैशाख । एभरेष्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक रुपमा पिछडिएका र सिमान्तकृत चेपाङ्ग समुदायका बालबालिकाहरुलाई पठनपाठनमा सहयोग पुर्याउने उद्देश्यले विविध स्टेशनरीका सामग्रीहरु वितरण गरेको छ ।
बैंकको रत्ननगर नगरपालिका-२, चितवन स्थीत टाँडी शाखा र खैरहनी नगरपालिका–८ स्थित पर्सा एक्सटेन्सन काउन्टरले संयुक्त रुपमा खैरहनी–९, करैयामा रहेको अन्त्योदय जनजाती आवासीय विद्यालयमा ५० चेपाङ्ग बालबालिकाहरुलाई शैक्षिक सामग्रीहरु वितरण गरेको छ ।
कार्यक्रममा एभरेष्ट बैंक टाँडी शाखाका प्रबन्धक भगवानकुमार थापा, पर्साका इन्चार्ज अनिल गुरुङ्ग, विद्यालय संस्थापक परिवार सदस्य दिलिप सिं ढुगाना तथा व्यावस्थापन समितिका धनश्याम प्रधानले संयुक्त रुपमा शैक्षिक सामाग्री वितरण गरे ।















प्रतिक्रिया