१ कार्तिक २०८३, आइतबार

फस्ट आइएमई जेटीआई ग्राण्ड जुनियर ओपन लन टेनिस प्रतियोगिता हुने

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ बैशाख । आइएमई फाउन्डेसनको आयोजना एवम् अल नेपाल लन टेनिस एसोसियसन (एएनएलटीए) को सहयोग र जुनियर टेनिस इनिसियसन (जेटीआई) को संयोजनमा आउँदो जेठ ६ देखि १२ गतेसम्म ‘फस्ट आइएमई जेटीआई ग्राण्ड जुनियर ओपन लन टेनिस’ प्रतियोगिता हुने भएको छ ।

टेनिस खेलको दिगो विकासमा सहयोग पुगोस् भन्ने मूख्य उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको हो । शुक्रबार त्रिपुरेश्वरस्थित खेलकुद पत्रकार मंचको सभाहलमा आयोजित पत्रकार भेटघाटका आयोजना गरि प्रतियोगिता बारे जानकारी दिइएको छ । कार्यक्रममा आइएमई फाउन्डेसनका सदस्य सचिव अन्जली अर्याल (ढकाल), अल नेपाल लन टेनिस एसोसियसनका महासचिव मनोहर दास मोल, जेटीआई संयोजक कृष्ण राज घले र आइएमई ग्रुपका जनसम्पर्क प्रमुख राजु पौडेलको उपस्थिति थियो ।

काठमाडौंस्थित नाउलिङ्ग स्पोर्टस भिल्ला र मण्डीखाटार टेनिस क्लबमा आठ, नौ, दश, बाह्र र चौध वर्षमूनिका बालबालिकाहरुका लागि उक्त प्रतियोगिता आयोजना हुनेछ । विभिन्न उमेर समूहका प्रतिष्पर्धीहरू मध्येवाट प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने प्रतियोगीहरूलाई पुरस्कारको व्यवस्था गरिएको छ ।

खेलाडीहरूले नाउलिङ्गस्पोर्टस भिल्ला सुन्दरवस्ती भंगाल र मण्डीखाटार टेनिस क्लबका अतिरिक्त अल नेपाल लन टेनिस एसोसियसन सातदोबाटोमा आफ्नो आवेदन दर्ता गर्न सक्नेछन् । आवेदनको अन्तिम मिति आउँदो जेठ २ गतेसम्म रहेको आयोजकले जनाएको छ ।

बक्सिङ खेलाडी मनोहर बस्नेतलाई प्रयोजन

सन् २००० देखि विभिन्न प्रतिष्पर्धात्मक बक्सिङ खेलमा प्रतियोगी बनिन तेह्र (१३) पटकसम्म बक्सिङ च्यापीयनशीप (बिजेता) भएका मनोहर बस्नेतलाई आइएमई लिमिटेडले २०७५ सालको लागि प्रयोजन गर्ने भएको छ ।

बस्नेतले यो वर्ष खल्ने विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितात्मक बक्सिङ खेलमा आइएमईको लोगो अंकित प्रचार समाग्री प्रयोग गरि खेल्नेछन् ।